pidmail@kuklpid.org.np
 TankaPrasad Ghumti Sadak

Government of Nepal
Melamchi Sub-Project 2

Kathmandu Upatyaka Khanepani Limited
Project Implementation Directorate (PID)

General Notices

मेलम्ची पाइपलाइनकाे सफाइ तथा परीक्षणबारे सूचना प्रवाह
काठमाण्डाै उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकामा बिछ्याइएका मेलम्ची खानेपानी आयोजनाका पाइपहरूकाे याेजनाबद्घ रूपमा सफाइ तथा परीक्षण गर्नुका साथै आम नागरिकलाइ यस सम्बन्धमा सुसूचित गर्नका लागि विभिन्न स्थानहरूमा पर्चा वितरण तथा संवादमार्फत सूचना प्रवाह गरिरहेकाे छ ।

यसै क्रममा निर्देशनालयले भाद्र १२, २०७६ गते पाइपहरूकाे सफाइ तथा परीक्षण भइरहेका बिजुली बजार, मिनभवन, थापाथली, बालकुमारी (ललितपुर), तिनकुने, काेटेश्वर, खुमलटार वागमती पुलछेउकाे सुकुम्बासी बस्ती लगायतका स्थानहरूमा पर्चा वितरण तथा संवादमार्फत सूचना प्रवाह गरेकाे थियाे । उक्त अवसरमा आम नागरिक तथा कामदारहरूलाइ पाइपहरूकाे सफाइ भइरहेकाे स्थानमा अपनाउनुपर्ने सुरक्षाका उपायहरूबारे पनि सुसूचित गराइएकाे थियाे ।

उपचारकाे व्यवस्था

निर्देशनालयले पाइपहरूकाे सफाइ तथा परीक्षणका क्रममा कुनै व्यक्ति घाइते भएमा सहज उपचार तत्काल प्राप्त होस् भन्ने उद्देश्यले नेपाल मेडिकल कलेज, जोरपाटी र ओम अस्पताल, चाबहिलसँग संझौता गरेको छ, बि एण्ड बि अस्पताल, ग्वार्को तथा मनमोहन मेमोरियल सामुदायिक अस्पताल, ठमेलसँग संझौता हुने क्रममा छ ।

सफाइ तथा परीक्षणका क्रममा कामदार वा अन्य कुनै व्यक्ति घाइते भएमा यी अस्पतालहरूमध्ये आफूलाई पायक पर्ने कुनै अस्पतालबाट सेवा प्राप्त गर्न सकिनेछ ।

निर्देशनालयकाे अनुराेध

पाइपहरूकाे सफाइ तथा परीक्षणका क्रममा कतै पाइप फुटेको वा चुहिएको देख्नुभयो भने कार्यालय समयमा निःशुल्क फोन नं ११३९ मा खबर गर्नुहुन निर्देशनालय अनुराेध गर्दछ । कार्यालय समय अघि/पछि यस प्रकारको समस्या देखिएमा ९८४१५९४९३८ मा फोन गरी जानकारी दिन सक्नुहुनेछ ।

पाइपहरू सफा गर्न प्रयोग गरिएको पानी नदीमा मिसाइने हुँदा खास गरी flushing को समयमा नदी किनारमा नजानुहुन , बालबालिका तथा चौपायाहरूलाई पनि जान नदिनुहुन निर्देशनालय अनुराेध गर्दछ ।